शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

चिसोका कारण कलैया र जीतपुर सिमरा उपमहानगर भित्रका विद्यालय बन्द

मङ्गलबार, २४ पुस २०८०, ०८ : ५८
मङ्गलबार, २४ पुस २०८०

बारा । चिसो बढेपछि जीतपुरसिमरा र कलैया उपमहानगरले आजदेखि ३ दिनका लागि विद्यालय पठन पाठन बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरहरूले नगरप्रमुख स्तरीय निर्णय गरेर ३ दिनका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

चिसो बढेका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै शिक्षक र अभिभावकहरूबाट गुनासो आएपछि उपमहानगरले पठन पाठन बन्द गर्ने निर्णय गरेको जीतपुर सिमरा उपमहानगर शिक्षा शाखाले जनाएको छ । 

यता कलैया उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत  नाथु साहले चिसोको कारण विद्यार्थीको स्वास्थ्यलाई ख्याल राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको बताएका छन् । कलैया उपमहानगरमा ७१ वटा सामुदायिक र ६५ वटा संस्थागत विद्यालयहरू रहेका छन् भने जीतपुर सिमरामा ६१ वटा सामुदायिक र५१ वटा संस्थागत (निजी विद्यालय  रहेका छन् ।  

‘लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भयो भनेर शिक्षकहरूबाटै गुनासो आएकोले ३ दिनको लागि नगरपालिका विद्यालय बन्द गर्ने निर्णय गरेको हो’ जीतपुर सिमरा शिक्षा शाखा प्रमुख हरिष भट्टले जनाएका छन् । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले सार्वजनिक सूचना प्रकाशित गरेर बिदा बारे जानकारी गराएका हुन्  । 

आजदेखि बन्द भएका विद्यालयहरू बिचमा सार्वजनिक बिदा भएकोले माघ २ गतेबाट मात्रै खुल्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप