चिसो बढेसँगै रौतहटका विद्यालय धमाधम बन्द

रौतहट । पछिल्लो केही दिनयता चलेको शीतलहरसँगै चिसो बढे पछि रौतहटको सामुदायिक विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् । शिक्षा समन्वय इकाई रौतहटका प्रमुख रामाबिनय कुमार सिंहले एक सूचना जारी गर्दै जाडो छल्न सामुदायिक विद्यालयमा बिदा दिन निर्देशन दिएपछि सोमबार कैयौँ स्थानीय तहले सामुदायिक विद्यालयहरूमा बिदाको सूचना जारी गरेका छन् ।
कतहरिया, फतुवा विजयपुर, देवाही गोनाही लगायतका विद्यालयले चिसो बढेको उल्लेख गर्दै बिदा दिएको छ। देवाही गोनाहि , कटहरिया, फतुवा विजयपुर, लगायतका नगरपालिका अन्तर्गत शिक्षा शाखाले छुट्टाछुट्टै सूचना जारी गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी पुस २४ गतेदेखि २६ गतेसम्म तीन दिन विद्यालयमा बिदा दिएका छन्।
त्यसैगरी जिल्लाको अन्य केही पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै तिन देखि ५ दिनसम्म बिदा दिएको शिक्षा समन्वय इकाई रौतहटले जनाएको छ। पछिल्लो तीनदिन देखि चलेको शीतलहरसँगै दिउँसो घाम नलागेको कारण जाडो बढेर रौतहटको जनजीवन प्रभावित बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति
-
नेपालमा कति छन् विद्यालय ?
-
प्रधानमन्त्री ओली लुम्बिनीमा
-
मनमोहन अधिकारीले ल्याएको कार्यक्रमको जस अहिले पनि एमालेले पाइरहेको छ : पूर्वराष्ट्रपति भण्डारी
-
सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी