काठमाडौँ–बैंकक उड्न लागेको निगमको जहाज ग्राउन्डेड, मंगलवार साढे ११ बजे उड्ने

काठमाडौँ । काठमाडौँदेखि बैंकक उड्न लागेको नेपाल वायुसेवा निगमको जहाज ग्राउन्डेड भएको छ । सोमबार दिउँसो १५० जना यात्रु लिएर बैंकक उड्न लागेको निगमको एयरबस ३२०, आरए ४०१ नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि ग्राउन्डेड बन्न पुगेको हो।
बोर्डिङ पास भएर यात्रुहरु जहाज चढिसकेको अवस्थामा जहाज रन वे प्रवेश गर्नै लाग्दा हाइड्रोलिकमा समस्या आएपछि रोकिन पुगेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । तत्काल जहाज चेकजाँच गर्दा बन्न नसकेको र विकल्पमा अर्को जहाज समेत नहुँदा बोर्डिङ पास भइसकेका यात्रुहरुलाई उडाउन नसकिएको उनले जानकारी दिए ।
हवाई व्यवस्था नियम अनुसार निगमले सम्पूर्ण यात्रुलाई आज होटलमा राखेको छ । मंगलवार सोही उडानमार्फत बिहानको साढे ११ बजे यात्रुहरुलाई बैंकक पठाइने पौडेलले रातोपाटीसँग बताए । ग्राउन्डेड जहाज अहिले प्राविधिक टोलीले मर्मत गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु