चिसो बढेपछि विद्यालय बन्द

महोत्तरी । चिसो अत्यधिक बढेपछि यहाँका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले आजदेखि र गौशाला नगरपालिका पुस २४ गतेदेखि लागू हुने गरी विद्यालयमा बिदा दिएका हुन् ।
सोनमा गाउँपालिकाले चार दिन, रामगोपालपुर नगरपालिकाले नौ दिन र गौशाला नगरपालिकाले एक साताको जाडो बिदाको सूचना प्रकाशित गरेका छन् । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै बिदा दिने निर्णय गरिएको सोनमा गाउँपालिकाका अध्यक्ष विषेश्वर यादवले बताए ।
रामगोपाल नगरपालिकाका प्रमुख रामदुलार साहले चिसोबाट विद्यार्थी प्रभावित हुने भन्दै जाडो छल्न केही दिन बिदा दिइएको बताए ।
साथै गौशालामा आज सम्पन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकको बैठकले भोलिदेखि पुस मसान्तसम्म बिदा दिन आग्रह गरेअनुसार एक साताको जाडो बिदा दिइएको गौशाला नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।
चिसो बढेपछि अन्य पालिकाका विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या घटेको जनाइएको छ । आइतबारदेखि चिसो ह्वात्तै बढेपछि यहाँका हाटबजारमा चहलपहल घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म