भियतनाममा २२ हजार विदेशी विद्यार्थी अध्ययनरत
सोमबार, २३ पुस २०८०, २० : ५०
हनोई । भियतनामका शैक्षिक संस्थाहरूमा करिब २२ हजार विदेशी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति कार्यक्रमहरू मार्फत अध्ययन गरिरहेका छन् ।
शिक्षा तथा प्रशिक्षण मन्त्रालयले जनाएअनुसार भियतनाममा सन् २०१८ देखि २०२३ सम्म पाँच वर्षको अवधिमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या औसतमा प्रति वर्ष ८ देखि १० प्रतिशतले बढेको भियतनाम समाचार एजेन्सीले सोमबार उल्लेख गरेको छ।
मन्त्रालयका अनुसार भियतनाममा अध्ययन पूरा गरेपछि थुप्रै विदेशी विद्यार्थीहरूले भियतनामसँग आफ्ना देशहरूबीच सांस्कृतिक, शैक्षिक, कूटनीतिक, आर्थिक र राजनीतिक सम्बन्ध विकासमा सक्रिय भूमिका खेलेको पाइएको छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने
-
काम ठप्प पारेर कर्णालीका स्थानीय तहका कर्मचारी आन्दोलन गर्न वीरेन्द्रनगरमा
-
कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने