ब्राजिलमा बस र ट्रक दुर्घटनामा २५ को मृत्यु
सोमबार, २३ पुस २०८०, २० : ४७

ब्रासिलिया । उत्तरपूर्वी ब्राजिलको बाहिया राज्यमा पर्यटक बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको राज्यको अग्निनियन्त्रकहरूले सोमबार जानकारी दिएको छ ।
बाहिया राज्यको राजधानी साल्भाडोरबाट करिब दुई सय ५० किलोमिटर टाढा गेभियाओ नगरपालिका नजिकै ‘सैन्य अग्निनियन्त्रकहरूले २५ जनाको मृत्यु भएको’ जानकारी दिएका हुन् ।
ब्राजिलियाली प्रेस रिपोर्टअनुसार आइतबार राति भएको दुर्घटनामा पाँच जना घाइते भएका छन् । दुर्घटनाको कारण अहिलेसम्म थाहा भएको छैन । अग्निनियन्त्रकहरूले पीडितहरूको शव पहिचानका लागि प्रहरीलाई जिम्मा दिएका छन् ।
दुर्घटना भएको स्थान नजिकैको सहर ज्याकोबिनाका मेयर कार्यालयले सोमबार तीन दिनको आधिकारिक शोक घोषणा गरेको छ र पीडितहरूका लागि ‘सामूहिक शोक’ को तयारी गरिरहेको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता