राष्ट्रिय सभा निर्वाचनको टिकट वितरण न्यायोचित भएन : नेता कोइराला
सोमबार, २३ पुस २०८०, १९ : ५६
![राष्ट्रिय सभा निर्वाचनको टिकट वितरण न्यायोचित भएन : नेता कोइराला](https://npcdn.ratopati.com/media/news/shekhar-koirala-(3)_IjlC0XWplN.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय सभा निर्वाचनको टिकट वितरण न्यायोचित नभएको बताएका छन् ।
सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले सीमित सिटका कारण निष्ठावान्, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी नेताहरूलाई न्याय गर्न चाहेर पनि सम्भव नभएको बताएका हुन् ।
उनले लेखेका छन्,‘तर, पनि पार्टीमा अवसरको समान वितरण र सबै पक्षको हित स्थापित होस् भन्नेमा हामी निकै चनाखो थियौँ । यति हुँदाहुँदै हामी कति सफल या असफल भयौँ, पार्टीको वर्तमान ढाँचा, सोच र निर्णय प्रक्रियालाई प्रभावित गर्ने शक्ति के कस्ता छन् भनेर साथीहरूले मनन गर्नुभएको र गर्नुहुने छ भन्ने विश्वास लिएको छु ।’
नेता कोइरालाले टिकट वितरणमा आफूले कुनै गल्ती–कमजोरी गरेको भए त्यसलाई स्विकार्दै अगाडि बढ्ने उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित
-
केपी ओली कप : राजनीतिज्ञसँग कलाकारको टोली विजयी
-
प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण उपस्थित हुनसक्नु भएन : महेश बर्तौला
-
मदन राईलाई साढे २ वर्ष जेल सजाय तोकियो
-
सरकारले संसद्को प्रक्रिया मिचेको माओवादी केन्द्रको आरोप
-
रवि लामिछानेको बचाउमा किन उत्रिए प्रचण्ड ?