शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघमा २१ जना सल्लाहकार चयन
काठमाडौं । आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ(एनआरएन)ले २१ जनाको सल्लाहकार समिति चयन गरेको छ । शर्माको अध्यक्षतामा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले २१ जनाको सल्लाहकार चयन गरेको हो ।
सल्लाहकारमा महेश श्रेष्ठ जापान,नारायण आचार्य, नेदरल्याण्ड, दुर्गा आचार्य अस्ट्रेलिया,नरेन्द्र भाट कतार, आनन्द बिष्ट अमेरिका, बिमल सुवेदी कतार, सुरेन्द्र नेपाल श्रेष्ठ युके,शशी पौडेल नेदरल्याण्ड,नारायण थापा अमेरिका, बिष्णु सुवेदी अमेरिका, बुद्धि ओली क्यानडा,डा बिनोद शाह अमेरिका, नारायण कंडेल अमेरिका, पुष्प थापा जर्मनी,रोशन केसी जापान,सुवास जोशी बेल्जियम,मना थापा अफ्रिका,प्रेम गुरुङ बेल्जियम,चित्र सुवेदी बेल्जियम, नवराज (सन्नी) ओली कतार, डा कृष्ण अर्याल नर्वे रहेका छन् ।
यस्तै बैठकले रिक्त रहेको क्षेत्रीय संयोजक पदमा पनि नियुक्त गरेको छ । ओसियनाको युवा सहसयोजकमा,विशाल पोखरेल, महिला सहसहसंयोजकमा मनिषा अर्याल उप्रेदी,अफ्रिका क्षेत्रको क्षेत्रीय संयोजकमा कृष्णदत्त भट्ट तथा महिला क्षेत्रीय संयोजकमा सरिता भट्ट पाण्डेलाई चयन गरेको शर्माले जानकारी दिए ।
यस्तै बैठकले विधान व्याख्या समितिमा ओमानका डिबी क्षेत्री, अनुशासन समितिमा कतारका नरेन्द्र भाट,न्यायिक समितिमा अफ्रिकाका हिम्मत थापालाई चयन गरेको छ । शर्माले अर्केो बैठकले आइसीसी सदस्यका साथै विज्ञ सहितको उच्च स्तरिय समिति गठन गर्ने जानकारी दिए ।आईसीसी सदस्यलगायतको मनोनयन अर्को बैठकले गर्ने जानकारी दिए ।
शर्माले विश्वभरका गैरआवासीय अभियन्तालाई समेटेर सल्लाहकार चयन गरेको गरेको भन्दै मनोनीत हुन चाहनेको सूची लामाे भएकाले सबैलाई समेट्न आफूहरु गृहकार्यमा रहेको बताए । ११ औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा विवाद भएपछि एनआरएनएमा शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
-
पूर्व डीआईजी जोशीको बयान सकियो, आजै पोखरा लगिँदै
-
अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतीय ब्याट्सम्यानको लज्जास्पद प्रदर्शन, १५० रनमै अलआउट
-
‘तिम्रै दर्शन’मा अस्मिता र सुन्दरको अभिनय
-
रसुवाबाट २ किलो सुनसहित युवक पक्राउ
-
रुसले उत्तर कोरियालाई दियो १० लाख ब्यारेल तेल