शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बैंकिङ प्रणालीबाट मंगलबार ३५ अर्ब तरलता तान्दै राष्ट्र बैंक

सोमबार, २३ पुस २०८०, १७ : ५६
सोमबार, २३ पुस २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार ३५ अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने भएको छ । बजारमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त लगानी योग्य पुँजी (तरलता) प्रसोचन गर्ने भएको हो । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ने तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार पुस २१ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६० खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । तर, यता कर्जा लगानी भने जम्मा ५० खर्ब ३३ अर्ब हाराहारी मात्र हुन सकेको छ । 

बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगातार निक्षेप संकलन उपकरणमार्फत तरलता प्रसोचन गरिरहेको छ । यसैको निरन्तरता मंगलबार केन्द्रीय बैंकले १४ दिनका लागि ३५ अर्ब तरलता प्रसोचन गर्न लागेको हो । 

सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले निक्षेपका लागि दरखास्त आह्वान गरेको छ । अनलाइन विडिङ सिस्टममार्फत मंगलबार अर्थात् पुस २४ गते खरिद हुने निक्षेपपत्रका लागि दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् । 

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप