राष्ट्रियसभा निर्वाचन : बागमतीमा राप्रपाका ३ जनाले दिए उम्मेवारी
सोमबार, २३ पुस २०८०, १६ : ४४

हेटौँडा । राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा बागमती प्रदेश तर्फको ४ सिटमा राप्रपाका ३ जनाले उम्मेदवारी दिएका छन् । राप्रपाबाट अपाङ्ग क्लस्टरमा चितवनका भरतमणि भट्टले मनोनय दर्ता गराएका छन् भने महिलातर्फ मकवानपुरकी बालकुमारी डल्लाकोटी र अन्यमा हेमजंग गुरुङले मनोनयन दर्ता गराएका छन् ।
राप्रपाले दलित क्लस्टरमा भने उम्मेदवारी दिएको छैन । दलित क्लस्टरमा उम्मेदवार बनाएका पूर्णबहादुर विश्वकर्माको उम्मेर कम भएको भन्दै मनोनयन दर्ता हुन सकेन । राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दिन ३५ वर्ष पुरा भएको हुनुपर्ने कानुनी प्रावधान अनुसार उनको मनोनयन दर्ता नभएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कार्की साइँला’ को मुख्य भुमिकामा जितु
-
दाजुभाइबिच जग्गा विवादः बन्दुक चलाउन खोज्दा पक्राउ
-
तीनकुने घटनामा संलग्न आरोपमा ‘मेकानिकल इन्जिनियर’ पक्राउ
-
नदी नभई फोहोर पोखरीजस्ता भए दल र राजावादी हौसिए
-
हितेन्द्रदेवलाई ऊर्जामन्त्रीले दिए यस्तो निर्देशन
-
आठ महिनामा ८ अर्ब रुपैयाँ अध्ययनका नाममा विदेश बाहिरियो