फोनमा किन राख्नु हुन्न कभर ?

काठमाडौँ । नयाँ फोन किन्ने बित्तिकै हामी फोनको कभर पनि किन्छौँ । फोनको स्क्रिन नकोरियोस् भनेर फोन किन्ने बित्तिकै कभर पनि हेर्न थाल्छौँ ।
फोनमा कभर लगाउँदा फोन सुरक्षित रहने र कोतरिने सम्भावना कम हुने, हातबाट फोन झर्यो भने पनि अलि कम क्षति हुने भएकोले हामीहरु फोनमा कभर राख्छौँ । तर फोनमा कभर लगाउँदाका क्षतिहरु पनि छन् । तपाईँलाई यसबारे थाहा छ ?
फोनमा कभर लगाउँदा फोन तात्ने समस्या देखिन थाल्छ । खासगरी गर्मी मौसममा हर समय फोन कभरले ढाकिरहँदा मोबाइल छिट्टै तात्न थाल्छ । फोन तात्न थाल्यो भने ह्याङ्ग हुन थाल्छ अनि रोकिएर चल्ने जस्ता समस्या देखिन थाल्छ ।
फोनमा कभर लगाउँदा चार्जिङमा पनि समस्या हुने केही रिपोर्टको दाबी छ । फोन तात्न थालेपछि यो राम्ररी चार्ज हुन नसक्ने पनि बताइएको छ ।
फोनमा राम्रो क्वालिटीको कभर लगाइएन भने यसमा ब्याक्टेरिया जम्मा हुन थाल्छ । अझ कभर धातुको छ भने यसका कारण जीपीएस र कम्पासमा समस्या हुन्छ ।
अचेल फोन कमपनीहरुले गजबको डिजाइन भएका ब्याक प्यानलको साथमा नयाँ नयाँ फोन लन्च गरिरहेका छन् । यस्तोमा तपाईँले फोनमा कभर लगाउनु भयो भने सारा लुक छोपिन्छ ।
फोनको सुरक्षाका लागि कभर त लगाउनु पर्छ जस्तो तपाईँलाई लाग्छ भने एउटा काम गर्नुस् । फोन चार्ज गर्ने बेलामा कभर निकालिदिनुस् । गेम खेलिरहेको बेलामा पनि फोनलाई कभरमा नराख्नुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकाशे पुल र जेब्रा क्रसिङको मतलब छैन, तस्बिरमा बाटो काट्नेहरूको लापरबाही
-
शैलेन्द्र सिम्खडालाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’ दिइने
-
कांग्रेसका '११ भाइ'को निर्णयमा इतर समूह सहमत हो ?
-
बम राखेको धम्कीपछि रोम डाइभर्ट भयो दिल्ली आइरहेको अमेरिकी विमान
-
फिल्म ‘द्रौपदी’ लाई विशेष चलचित्र अवार्ड
-
सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी