बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राष्ट्रियसभा निर्वाचन

कर्णालीमा गठबन्धनका उम्मेदवारले दर्ता गराए एकसाथ उम्मेदवारी

सोमबार, २३ पुस २०८०, १४ : ३४
सोमबार, २३ पुस २०८०

सुर्खेत । राष्ट्रिय सभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले एक साथ उम्मेदवारी दर्ता गराएका हुन् ।

तीनवटा सिटमा हुने निर्वाचन अन्तर्गत कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको भागमा एक/एक सिट परेको छ । जस अन्तर्गत महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र अन्यतर्फ कांग्रेसका कृष्ण रोकाया उम्मेदवार रहेका छन् । 

उम्मेदवारी दर्ता कार्यक्रमका सम्बन्तीत पार्टीका प्रदेश अध्यक्ष लगायतका नेता, कार्यकर्ताहरु पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप