बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मेनुका पौडेलले गाउँदा गाउँदै गीत बिर्सिएपछि...

सोमबार, २३ पुस २०८०, १४ : १०
सोमबार, २३ पुस २०८०

काठमाडौँ । इन्डियन आइडलमा गीत गाइरहँदा मेनुका पौडेलले गीतै भुलिन् । कार्यक्रममा अतिथिका रूपमा आएका सञ्जय दत्तले कहिलेकाहीँ यस्तो हुन्छ भन्दै मेनुकालाई मजबुत बन्न र बिर्सिएकै ठाउँबाट गीतलाई निरन्तरता दिन भने । शोकी जज श्रेया घोषालले पनि मेनुकालाई हौसला दिँदै तिमीले गीत पूरा गर्न सक्छौँ भन्दै गीत पूरा गाउन भनिन् ।

इन्डियन आइडल १४ को उपाधि दाबेदारमध्ये एक हुन् मेनुका । आफ्नो गायनले अहिलेसम्म उनले जज र दर्शकहरू सबैको मन जित्दै आइरहेकी छिन् । आइतबारको एपिसोडमा मेनुका बटम चारमा परेकी थिइन् । तर बटम चारमध्ये बढी मत ल्याएर उनी अर्को राउन्डमा प्रवेश गरिन् । एपिसोडमा मेनुकाले तीन ओटा गीत गाएकी थिइन् । तर एउटा गीत गाउँदा गाउँदै उनले बिचमै लिरिक्स भुलिन् ।

मेनुकाको मुटुको ढुकढुकी बढ्यो । स्टेजमै उनको प्रेसर जाँचियो । डाक्टरले गायनलाई निरन्तरता दिन सक्ने भनेपछि बल्ल कार्यक्रम अगाडि बढ्यो । 

यो घटनाले मेनुकाको आगामी प्रदर्शन र उनले पाउने मतमा कस्तो असर पर्छ यो भने हेर्न बाँकी नै छ । तर अहिलेको लागि मेनुका इन्डियन आइडलको अन्तिम ११ मा प्रवेश गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप