महिलाले धेरै तरकारी खानु पर्छ कि पुरुषले ?
काठमाडौं । स्वस्थ रहन चाहने सबै मानिसले हरेक दिन आफ्नो भोजनमा ताजा तरकारी समावेश गर्नुपर्छ । तरकारीमा भरपुर मात्रामा पोषक तत्त्व पाइन्छ । यसको सेवनले शरीरलाई स्वस्थ राख्न मद्दत मिल्छ ।
अधिकांश मान्छेहरू महिलाले बढी तरकारी खानु पर्छ भन्ने सोच्छन् । पुरुषको तुलनामा महिलाले खानपिनमा बढी ध्यान दिनुपर्छ भन्छन् । बिरामीबाट बच्ने हो भने सबैले यस्तो गर्न जरुरी छ । तरकारी हाम्रो भोजनको अहम् हिस्साका रूपमा रहेको छ । हरेक दिन हामीले पर्याप्त मात्रामा तरकारी खानु पर्छ । तरकारीमा रहेको पोषक तत्त्वले हामीलाई फिट राख्छ अनि रोगहरूबाट पनि बचाउँछ ।
महिला र पुरुषले प्रतिदिन कति मात्रामा तरकारी खानु पर्छ तपाईंलाई थाहा छ ? धेरैलाई यो कुरा थाहा हुँदैन । यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (यूएसडीए)का अनुसार सबै वयस्क महिलाले दैनिक २.५ देखि ३ कप तरकारी खानु पर्छ । वयस्क पुरुषले भने प्रतिदिन ३ देखि ४ कप तरकारी खानु पर्छ । यो भन्दा धेरै खाइयो भने पनि फाइदा नै हुन्छ । तर यो भन्दा कम खाँदा चाहिँ स्वास्थ्य बिग्रन सक्छ ।
यति मात्रै होइन ६० वर्षभन्दा बढी उमेरको महिलाले भने दिनमा २ देखि ३ कप तरकारी खानु पर्छ । यही उमेरका पुरुषहरूले प्रतिदिन २.५ देखि ३.५ कप तरकारी खानु पर्ने बताइएको छ । यसरी हेर्ने हो भने महिलाले भन्दा पुरुषले बढी तरकारी खान जरुरी छ । बच्चाहरूले भने दैनिक १ देखि २ कप तरकारी खानु पर्छ । कम तरकारी खाँदा शरीरमा पोषक तत्त्वको कमी हुन्छ अनि विभिन्न समस्याको सामना गर्नु पर्ने हुन सक्छ ।
तरकारी चाहिँ किन खानु पर्ने रहेछ भनेर तपाईंको मनमा पनि प्रश्न उब्जिएको हुनुपर्छ । हार्वार्ड विश्वविद्यालयको एउटा रिपोर्टका अनुसार फलफूल र तरकारी खाँदा हाम्रो शरीरको सबै अंगलाई फाइदा पुग्छ, जरुरी मात्रामा पोषक तत्त्व प्राप्त हुन्छ । तरकारीले रक्तचाप कम गर्न सक्छ अनि मुटुसम्बन्धी रोगबाट पनि बच्न सकिन्छ । रगतमा चिनीको मात्रा नियन्त्रण गर्न पनि तरकारी सहयोगी हुन्छ ।
स्ट्रोक र क्यान्सरको खतरा कम गर्न पनि तरकारी खानु पर्छ । पाचन प्रणाली र आँखाको लागि पनि तरकारी निकै लाभदायक मानिन्छ । समग्रमा भन्नु पर्दा तरकारीले हाम्रो सम्पूर्ण स्वास्थ्यलाई सुधार्न मद्दत गर्न सक्छ । सबैले दिनहुँ टन्नै फलफूल र तरकारी खानु पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संविधान भन्दा शिक्षा ऐन जारी गर्न समस्या’
-
मुम्बई पुलिसका डीसीपीको कार दुर्घटनामा मृत्यु
-
भाषामा भूमण्डलीकरणको प्रभाव
-
तीनकुने घटनामा पक्राउ पर्नेको संख्या १११ जना पुग्यो
-
तीनकुने घटनामा घाइते ७१ जना सुरक्षाकर्मी डिस्चार्ज
-
राप्रपा नेपालका अध्यक्ष थापाले भेटे पक्राउ परेका राप्रपा नेता, भने स्वास्थ्यको ख्याल राख्नु