वर्कसपमार्फत कलाकार निखार्दै ‘पूजार सार्की’

काठमाडौंँ । दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म हो ‘पूजार सार्की’ । फिल्मको अहिले वर्कशप सुरु भएको छ । फिल्मको छायाङ्कनलाई केही सहज होस् भनेर फिल्मको वर्कसप गरिएको हो ।
वर्कशपमा फिल्मका मुख्य कलाकार आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बुसहित अन्य कलाकार पनि सहभागी छन् । कतिपय निर्माता निर्देशक फिल्म छायाङ्कन अगाडि कलाकारको वर्कसप अपरिहार्य ठान्छन् । केही आवश्यक नभएको समेत बताउँछन् । निर्देशक दिनेश राउत भने वर्कसप फिल्मको लागि महत्त्वपूर्ण भएको बताएकाछन् ।
‘वकर्सप भनेको फिल्मको ९० प्रतिशत छायाङ्कन जस्तै हो’ राउतले भने ‘वर्कसप सहित सुटिङमा निस्कियो भने फिल्म पुरा गर्न कुनै गाह्रो पर्दैन ।’ वर्कसपमा कलाकारको क्यारेक्टर, लुक्स लगायत हरेक कुरोको छलफल हुने राउतले सुनाए । ‘वर्कसपले कलाकारलाई फिल्म निर्वाह गर्ने भूमिकामा निखार्ने काम गर्छ’ राउले थपे ।
फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । फिल्म ‘पूजार र सार्की’को कथामा निर्माण हुन लागेको हो । फिल्ममा पूजारको भूमिकामा आर्यन सिग्देल र सार्कीको भूमिकामा प्रदीप खड्का देखिने चर्चा छ । सुभाष भुसालले निर्माण गर्न लागेको फिल्म छिट्टै छायाङ्कनमा जाने तयारीमा छ । फिल्मको रिलिज मिति नयाँ वर्षको जेठमा तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्याट्सम्यानहरु चम्किएपछि नेपालले कुवेतलाई ६ विकेटले हरायो, कुशल र आसिफको अर्धशतक
-
५० वर्षदेखि गरिबको ट्याग लगाएर हिँडिरहेका थियौँ
-
‘सहुलियत गुम्नुअगाडि नै देशहरूसँग द्विपक्षीय सम्झौता गर्नुपर्छ’
-
विद्युत् अवरुद्ध हुँदा कर्णालीमा नेपाल टेलिकमको सेवा सञ्चालनमा कठिनाइ
-
कुशलपछि आसिफ शेखको अर्धशतक
-
कुशलले तोडे दीपेन्द्रको रेकर्ड