गण्डकीमा एमालेले दियो चुनाव हारेकालाई टिकट

पोखरा । राष्ट्रियसभा चुनावमा गठबन्धनका कारण एमाले गण्डकीमा पनि लगभग नजित्ने अवस्थामा छ । स्थानीय तहका ६९ र प्रदेशका २२ सांसद रहेका एमालेले गण्डकीका तीनै सीटमा उम्मेदवार छानेको छ ।
महिला क्लष्टरतर्फ गोरखाकी सम्झना देवकोटा, अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचनलाई उम्मेदवार बनाइएको हो । उनीहरुले केहीबेरमा मनोनयन दर्ता गर्दैछन् ।
मतभार हेर्दा एमाले लगभग नजित्ने अवस्थामा छ । त्यसैले उम्मेदवार छान्दा पनि पराजित ब्यक्तिलाई छानिएको छ । महिला क्लष्टरमा टिकट पाएकी देवकोटा गोरखा नगरपालिकाको मेयरमा पराजित व्यक्ति हुन् । उनी उक्त चुनावमा तेस्रो बनेकी थिइन् ।
हेमन्त व्यवसायी हुन् । अध्यक्ष केपी ओली निकट उनी राजनीतिमा भन्दा व्यवसायमै ब्यस्त छन् । पराजुली यसअघि पनि लाभको पदमा पुगेका थिए ।
एमाले स्याङ्जाका पूर्वअध्यक्ष समेत रहेका उनलाई पार्टी सचिव पद्मा अर्याल निकट मानिन्छ । पद्माले नै उनलाई राष्ट्रिय सहकारी बोर्डको सदस्य सचिव नियुक्त गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह
-
गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
महाशिवरात्रि मेलाको तयारी पूरा
-
अमेरिकी डलरको भाउ घट्यो, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?