मृगौला पीडित बरालको याचना : ‘सहयोग पाए बाँच्ने थिएँ’
लमजुङ– दुवै मृगौला फेल भएर उपचाररत सरिता बरालले सहयोगको याचना गरेकी छन् ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं. ९ सिम्पानी टारगाउँ निवासी मृगौला पीडित २७ बर्षिया बरालले उपचारका लागि सहयोगको याचना गरेकी हुन् । बराल ६ बर्षदेखि मृगौला फेल भएर उपचाररत छन् । ‘६ बर्ष भयो मृगौला फेल भएको । काठमाण्डौका सबै अस्पताल चहारेँ, पैसा सकियो रोग निको भएन ।’, सदरमुकाम बेसीशहरमा पत्रकारहरुसँग कुरा गर्दै बरालले भनिन् ‘सहयोग पाए उपचार गरेर बाँच्ने रहर छ ।’
सरकारले मृगौला पीडितको डायलिसिस गर्दा शुल्क नलाग्ने भनेपनि महङ्गोमा इन्जेक्सन र औषधी किन्नुपरेको उनको गुनासो छ । ‘सरकारले निशुल्क डायलिसिस हुन्छ भनेको छ । तर, औषधी र इन्जेक्सन किन्दा हप्तामा पाँच हजार भन्दा बढी खर्च हुन्छ ।’, सरिताका श्रीमान इन्द्र बरालले भने ‘घरमा आम्दानी छैन, आफ्नो कमाई छैन । डायलिसिस गर्नपनि गाह्रो भएको छ ।’ उनले सबैबाट सहयोग पाए श्रीमतिलाई मृगौला प्रत्यारोपण गरेर बचाउन चाहेको बताए । ‘घरमा बृद्ध बुबा प्यारालाइसिस हुनुहुन्छ । आमा बुढी हुनुहुन्छ । छोरो बल्ल १० बर्षको भयो । कमाउने मान्छे कोही छैनन ।’, सरिताका पति इन्द्रले भन्नुभयो, ‘यस्तो श्रीमतिलाई अस्पतालमा छोडेर काममा जान सकेको छैन । कमाई नै नभएपछि कसरी उपचार गर्ने ?’
सरिताको उपचार गर्दा २० लाख भन्दा बढी खर्च भएको परिवारले जनाएको छ । सरिताका बुबा बेसीशहर–१ उदिपुर निवासी तेजबहादुर खत्रीले छोरीको उपचारका लागि खर्च जुटेमा आफ्नो मृगौला प्रत्यारोपण गरिदिने बताए । ‘म मेरो मृगौला प्रत्यारोपण गरेर भएपनि छोरीलाई बचाउन चाहन्छु ।’, खत्रीले भन्नुभयो, ‘सबैले सहयोग गरिदिए छोरी बाच्ने थिई ।’
बराल परिवारले उपचारका लागि धेरै सरकारी निकाय र संघसंस्था धाएपनि सहयोग नपाएको गुनासो गरेको छ । ‘रोगी र दुखी गरिबलाई सहयोग हुन्छ भन्थे खै कहीँपनि पाइएन ।’, सरिताका बुबा खत्रीले भने, ‘चुनावका बेला उपचारमा सहयोग गछौं, पहल गछौं भन्नेहरुपनि तर्किएर हिड्दा दुःख लागेको छ ।
सरिताका पति इन्द्रले देश विदेशमा रहनुभएका सबैमा सहयोग गरि श्रीमतिको उपचारमा सहयोग गर्न याचना गरे । उनले ग्लोबल आइएमई बैंक बेसीशहरमा रहेको खाता नं. ९५०७०१०००१३५२ मा सहयोग रकम जम्मा गरिदिन आग्रहसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म