प्रभावशाली नाडालले अस्ट्रेलियन ओपन नखेल्ने
![प्रभावशाली नाडालले अस्ट्रेलियन ओपन नखेल्ने](https://npcdn.ratopati.com/media/news/nadal_liw41NK63m.jpg)
काठमाडौँ । प्रभावशाली स्पेनिस टेनिस खेलाडी राफेल नाडालले चर्चित ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनमा सहभागिता नजनाउने भएका छन् । ३७ वर्षीय अनुभवी खेलाडी नाडालले स्वास्थ्य समस्याका कारण अन्तिम समयमा आएर प्रतियोगिताबाट नाम फिर्ता लिएको जनाएका छन् ।
अस्ट्रेलियन ओपन यसै महिना मेलबर्नमा सुरु हुँदैछ । ‘स्वास्थ्य समस्याका कारण मैले वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता नखेल्ने निर्णय गरेको छु । मांसपेशी सम्बन्धि समस्याले मलाई पिरोलेको छ । पक्कै पनि यो निर्णय लिनु मेरा लागि सहज थिएन,’ उनले सामाजिक सञ्जाल एक्स (साविकको ट्वीटर) मार्फत भनेका छन् ।
नाडालले हालसम्म २२ पटक ग्रान्डस्लाम प्रतियोगिताको उपाधि चुमिसकेका छन् । उनले अस्ट्रेलियन ओपनको उपाधि पनि दुई पटक जितेका छन् । उनले सन् २००९ र सन् २०२२ मा अस्ट्रेलियन ओपनको एकल उपाधि जितेका थिए ।
नाडालले दुई पटक विम्बल्डनको उपाधि पनि चुमेका छन् । उनले सन् २००८ र सन् २०१० मा विम्बल्डनको एकल उपाधि जितेका थिए । उनले सबैभन्दा बढी १४ पटक फ्रेन्च ओपनको उपाधि हात पारेका छन् । यसका अतिरिक्त उनले चार पटक यूएस ओपनको उपाधि पनि जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले प्रदेशसभा सदस्यविरुद्ध मुद्दा नचलाउने निर्णयपछि बालेनले भने– सरी नानु !
-
सामाजिक सञ्जाल विधेयक सच्चाउन सरोकारवालको माग
-
‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’
-
गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’ मा परिवर्तन
-
मनिष झाको प्रश्न : जेल बसेर बाहिर आएपछि एकै पटक दरबारचाहिँ कसरी बन्यो ?
-
अनावश्यक खर्च कटौतीमा ध्यान दिन्छु : अर्थसचिव उपाध्याय