मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

डिबालाको गोलले हारबाट जोगियो रोमा

सोमबार, २३ पुस २०८०, १० : ३३
सोमबार, २३ पुस २०८०

काठमाडौँ । इटालियन सिरिए फुटबल प्रतियोगिताको आफ्नो पछिल्लो खेलमा एटलान्टा र एएस रोमाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । उपाधि होडमा केही पछि परेका यी दुबै टोली आगामी सिजनको च्याम्पियन्स लिगको दौडमा छन् ।

खेलको प्रारम्भमै लिएको अग्रता जोगाउन नसक्दा भ्रमणकारी टोली एटलान्टाले रोमासँग अंक बाँड्नु परको थियो । खेल सुरु भएको सातौँ मिनेटमा एटलान्टाका लागि नेदरल्यान्ड्सका मिडफिल्डर कुपमिनर्सले गोल गरेका थिए ।

खेलको ३९औँ मिनेटमा रोमाका लागि अनुभवी अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालाले जवाफी गोल फर्काएका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । त्यसपछि भने दुबै टोलीबाट थप गोल हुन सकेन ।

हालसम्म १९ खेल खेलेको एटलान्टा ३० अंकसहित तालिकाको छैटौँ स्थानमा आसिन छ । एटलान्टाले नौ जित, तीन बराबर र सात हारको नतिजा निकालेको छ । समान खेल खेलेको रोमा भने २९ अंकसहित तालिकाको आठौँ स्थानमा छ । रोमाले आठ जित, पाँच बराबर र ६ हारको नतिजा निकालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप