रेभलको पोष्टमा पीएसजीको गोल वर्षा, एमबाप्पेको ह्याट्रिक

काठमाडौँ । फ्रेन्च कप फुटबल प्रतियोगिताको सोमबार सम्पन्न खेलमा पेरिस सेन्ट जर्मनले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी रेभलमाथि गोलको वर्षा गरेको छ । पीएसजीले रेभललाई ९–० गोलको विशाल अन्तरले हराएको हो ।
खेलमा पीएसजीका लागि स्टार खेलाडी किलियान एमबाप्पेले ह्याट्रिक गरेका थिए । उनको निर्धारित समयको १६औँ, ४५औँ र ४८औँ मिनेटमा गोल गरेका थिए । उनी फ्रेन्च कपमा पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । उनले फ्रेन्च कपमा पीएसजीका लागि २२ खेल खेल्दै ३० गोल गरिसकेका छन् ।
खेलको ३८औँ मिनेटमा म्याक्सेन्स एनग्युसनबाट आत्मघाति गोल भएको थियो । निर्धारित समयको ४३औँ मिनेटमा मार्को एसेन्सियोले टोलीका लागि अर्को गोल थपेका थिए । ७१औँ मिनेटमा गोनकालो रामोसले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीको अग्रता फराकिलो बनाएका थिए ।
यसैगरी खेलको ७६औँ र ९०औँ मिनेटमा र्यान्डल कोलोले पीएसजीका लागि थप गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि पीएसजीका लागि १९ वर्षीय चेर एनडुरले पनि एक गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने