डी ब्रुयना फर्किँदा सिटीको गोल वर्षा
सोमबार, २३ पुस २०८०, ०६ : ५४

इतिहाद । केभिन डी ब्रुयना गत अगस्त यता पहिलोपटक खेल मैदानमा फर्किँदा म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनमाथि सहज जीत हासिल गरेको छ । एफए कपको तेस्रो चरणको खेलमा साबिक विजेता सिटी ५–० गोलले विजयी बनेको हो ।
खेलको ३३ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५ मिनेटपछि नै जुलियन अल्भारेजले दोस्रो गोल थपे ।
दोस्रो हाफमा बेन ज्याकसनले हडर्सफिल्डका लागि आत्मघाती गोल गरे । ६५ औँ मिनेटमा फोडेनले खेलमा व्यक्तिगन दोस्रो गोल गरे । ७४ औँ मिनेटमा डी ब्रुयनाले जेरेमी डोकुका लागि गोलको अवसर सिर्जना गरेपछि टोली सहजै चौथो चरणमा प्रवेश गर्न सफल भयो ।
अन्य खेलमा लिड्सले पिटरब्रोलाई ३–० ले हरायो भने व्रेक्सह्यामले स्रिउसबरीलाई १–० ले पराजित गर्यो । वेस्ट ब्रोमले एल्डरसटमाथि ४–१ को जीत हासिल गर्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
सर्लाहीमा बढेन चैते धानको खेती
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै