लक्ष्य प्राप्त नगरेसम्म युद्ध अन्त्य हुँदैन : इजरायली प्रधानमन्त्री
आइतबार, २२ पुस २०८०, २३ : ११

तेल अविव । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले आफ्ना सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध अन्त्त नहुने घोषणा गरेको छ । विशेष गरी हमासको विनाश नभएसम्म गाजामा युद्ध समाप्त नहुने उनको उद्घोष छ ।
‘तीन महिनाअघि हमासले हाम्रोविरुद्ध भयानक नरसंहार गरेको थियो,’ उनले आइतवार विज्ञप्ति जारी गर्दै भनेका छन् । सरकारले हमासलाई हटाउन युद्धमा जान, हाम्रा बन्धकहरूलाई फिर्ता गर्न र गाजा द्वन्द्व फेरि कहिल्यै नहोस् भनेर सुनिश्चित गर्न निर्देशन दिएको उनले बताएका छन् ।
‘हामीले सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध रोक्न हुँदैन,’ नेतन्याहुले भने । उनले हमासलाई कुनै पनि प्रकारको उन्मुक्ति नदिने र दक्षिण र उत्तर दुवैमा सुरक्षा पुनः स्थापना नगरेसम्म लड्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’