कृषि
धान बालीको क्षेत्रफल घट्यो, उत्पादन बढ्यो
आइतबार, २२ पुस २०८०, २२ : २४
काठमाडौँ । चालु आर्थिक वर्षमा धान बालीको उत्पादन बढेको छ भने क्षेत्रफल घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष ४ दशमलव ३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको जनाएको हो ।
गत वर्ष ५४ लाख ४७ हजार टन धान फलेको थियो भने यो वर्ष ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको छ । यो वर्ष धानको उत्पादन बढे पनि क्षेत्रफल भने घटेको छ ।
कुल धानबाली भित्र्याइएको क्षेत्रफलगत आर्थिक वर्षको तुलनामा ०.६१ प्रतिशत अर्थात ८ हजार ८ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार हेक्टर पुगेको छ । गत वर्ष १४ लाख ४७ हजार हेक्टरमा धान खेती गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानलाई हटाएर प्राधिकरण फर्कने हितेन्द्र शाक्यको ‘च्याप्टर क्लोज’
-
नो केबलकार आन्दोलन : वार्तामार्फत समाधान खोज्न जसपा नेपालको आग्रह
-
जसपा नेपालले दियो अध्यादेशको बारेमा अध्ययन गर्ने जिम्मेवारी संसदीय दललाई
-
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल जारी
-
पूर्वउपराष्ट्रपति पासाङले मागे ‘कृषि र उत्पादन’को जिम्मेवारी
-
मुख्यमन्त्रीले जवाफ नदिए प्रदेश सभा अवरुद्ध गर्ने माओवादीको चेतावनी