मेरिल्याण्डमा सज्जनराज वैद्यको बेजोड प्रस्तुति, अमेरिकी राजदूत थम्पसनद्वारा दर्शकलाई स्वागत

मेरिल्याण्ड । सज्जनराज वैद्यले शनिबार मेरिल्याण्डमा बेजोड प्रस्तुति दिएका छन् । उक्त कार्यक्रममा अमेरिका पुगेका नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले दर्शकको खचाखच भिडलाई स्वागत गर्दै मनोरञ्जन गर्न हौसला प्रदान गरेका थिए । उनलाई भिडले पनि भव्य स्वागत गरेको थियो ।
कार्यक्रममा गायक वैद्यले करिब ३ घण्टासम्म एकल रूपमा आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए । उनले गीत गाउँदा सबै गीतमा दर्शकले साथ दिएका थिए । उनले २२ वटा गीत गएका थिए ।
१७०० भन्दा धेरै दर्शकहरूले कार्यक्रम हेरेका थिए । अधिकांश दर्शकहरूमा युवा वर्गको उपस्थिति रहेको थियो । उनीहरूलाई वैद्यको सबै गीत कण्ठझैँ गरी स्वरमा स्वर मिलाएका थिए । टिकट मूल्य १०३ तथा १४५ डलर राखिएको थियो ।
गायक सज्जन राज वैद्यको उक्त एकल कार्यक्रमको आयोजक ई-पिक तथा एवरेस्ट इन्टरटेन्टमेन्ट हुन् । अमेरिकामा ठमेल न्यूयोर्क नामक संस्थाले उनलाई अमेरिका विभिन्न राज्यहरूमा हुने भ्रमणमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत
-
७ दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट
-
समान चरित्र बोकेका बेंगलुरु र पञ्जाब आपसमा भिड्दै, पाँचौँ जितको खोजी
-
प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा उच्चतम प्रयास भएको छ : मुख्यमन्त्री पाण्डे