सहकारी समस्या समाधान गर्न बागमती सरकारले गठन गर्यो समिति
_VyllTbAZ87.jpg)
मकवानपुर । बागमती प्रदेश सरकारले सहकारीहरूको विद्यमान समस्या व्यवस्थापनका लागि समस्या ग्रस्त सहकारी संस्थाको व्यवस्थापनका समिति गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले समस्या ग्रस्त सहकारी संस्थाको व्यवस्थापनका लागि ३ सदस्यीय समिति समेत गठन गरेको हो ।
संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिका वडा नम्बर–३१ का प्रशान्त अधिकारीको अध्यक्षतामा समिति गठन गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । समितिको सदस्यहरूमा काठमाडौँ महानगरपालिका वडा नम्बर–४ का यज्ञनाथ दाहाल र मकनापुरगढी गाउँपालिका वडा नम्बर–२ का यतिराज सापकोटा रहेको मन्त्री श्रेष्ठले बताए ।
मन्त्रिपरिषद् बैठकले गठित समितिको सदस्यहरूको सेवा सुविधा र सर्त सम्बन्धी व्यवस्था सम्बन्धी प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त समितिले सहकारीमा देखिएका विभिन्न समस्याहरूको आवश्यक अध्ययन तथा अनुगमन गर्ने र समस्या समाधानका लागि आवश्यक पहल गर्ने तथा समस्या ग्रस्त सहकारी घोषणाका लागि राय सुझाव दिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण