विद्यालय शिक्षा विधेयकमा व्यवस्थापन समिति महासंघको ६ बुँदे संशोधन प्रस्ताव

काठमाडौँ । विद्यालय व्यवस्थापन समिति महासङ्घले विद्यालय शिक्षा विधेयकमाथि ६ बुँदे संशोधन प्रस्ताव गरेको छ । संसद्को शिक्षा समितिको बैठकमा आफ्ना सुझावहरू राख्दै महासङ्घले उक्त प्रस्तावहरू राखेको हो ।
महासङ्घले विधेयकमा समावेश विषयमा कस्तो खालको संशोधन गर्नुपर्ने भन्ने विषय उल्लेख गरेका हुन् । ६ वटा दफामा सच्याउनुपर्ने भन्दै महासङ्घले प्रस्ताव अघि सारेको छ । उसले सार्वजनिक विद्यालयको परिभाषा समेत सच्याउनुपर्ने भन्दै संशोधन प्रस्ताव हालेको छ । त्यस्तै दफा ८ को शिक्षणको माध्यममा समेत संशोधन हालेका छन् ।
त्यस्तै सार्वजनिक विद्यालयले विद्यार्थीसँग शुल्क लिने विषयमा समेत संशोधन हालेको छ । त्यस्तै सार्वजनिक विद्यालयको प्रधानाध्यापक छनोटका विषयमा समेत महासङ्घले संशोधन हालेको छ । त्यस्तै विद्यालय व्यवस्थापन समिति गठनको विषय समेत उठान गरेको छ । नेपाल शिक्षक महासङ्घसँगै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घलाई समेत ऐनमा समावेश गर्नुपर्ने सुझाव दिएको हो ।
महासङ्घका अध्यक्ष गुणराज मोक्तानले महासङ्घले कुनै पनि माग बोकेर आएको नभई सरकारको काँध बोकेर आएको बताए । आफ्नो गाउँ ठाउँको विद्यालय बनाउने पहिलो जिम्मेवारी त्यही क्षेत्रको अभिभावकको भएको उनको तर्क थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा रोकिने
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान
-
कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन
-
भीमा गुरुङ मृत्यु प्रकरण: एक वर्षपछि फैसला, १५ लाख क्षतिपूर्ति दिनुपर्ने
-
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
-
फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि