डीआईजी आचार्य नेतृत्वको छानबिन समिति विघटन, जाँचबुझ आयोगले थाल्यो काम

काठमाडौँ । बालकुमारीमा सुरक्षाकर्मीको दमनबाट दुई युवकको मृत्यु भएको घटना जाँचबुझ गर्न गठित आयोगले काम थालेको छ । पुस २० बाट जाँचबुझ सुरु गरिएको आयोगका सदस्य एवं सह–सचिव नारायणप्रसाद भट्टराईले रातोपाटीलाई बताए ।
पुस १६ मा मन्त्रिपरिषद्ले पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अरुण बिसी र सह–सचिव नारायणप्रसाद भट्टराई सदस्य छन् । जाँचबुझ आयोगले काम थालेसँगै यसअघि गृह मन्त्रालयले बनाएको समिति विघटन भएको छ । घटना छानबिन गर्न प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा गठित समिति विघटन गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए । भट्टराईले भने, ‘आयोग गठन भएसँगै छानबिन समिति विघटन गरिएको छ ।’
डीआईजी आचार्य नेतृत्वको समितिमा राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक वासु सिग्देल र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार सदस्य थिए । छानबिन समितिले गरेको छानबिनको प्रारम्भिक विवरण र कागजात गृह मन्त्रालयमा हस्तान्तरण गरेको छ । छानबिन कागजात समितिले मन्त्रालयमा बुझाएको सह–सचिव भट्टराईले बताए । समितिले प्रत्यक्षदर्शी सहित आधा दर्जन व्यक्तिहरूसँग सोधपुछ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
पूर्व न्यायाधीश पौडेल नेतृत्वको आयोगले पुस २० बाट घटनाको जाँचबुझ सुरु गरेको छ । आइतबार ग्वार्कोस्थित ईपिएस कोरिया शाखामा गएर आयोगका पदाधिकारीले सोधपुछ गरेका छन् ।
पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रहरीको दमनबाट दैलेख घर भएका सुजत रावत र अछामका वीरेन्द्र शाहले ज्यान गुमाए । सो घटनापछि ललितपुरका प्रजिअ र एसएसपी फेरिएका छन् । बालकुमारी क्षेत्रमा गोली हान्न आदेश गर्ने डिएसपी उमेश लम्साललाई निलम्बन गरिएको छ । लम्सालको ठाउँमा डिएसपी सुधीर राईलाई सरुवा गरिएको छ । उनी दङ्गा नियन्त्रण गर्न त्रिपुरेश्वरबाट जिल्ला प्रहरी परिसर ललितपुरको अपरेसन कमान्डरको रूपमा सरुवा भएका हुन् ।
जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल र प्रमुख जिल्ला अधिकारीमा तुल्सी बहादुर श्रेष्ठलाई पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?