वैवाहिक जीवनलाई सुखी बनाउन चाहनु हुन्छ ? यसो गर्नुस्

काठमाडौँ ।आफ्नो वैवाहिक जीवन सुखी र खुसी होस् भन्ने चाहना हरेक व्यक्तिमा हुन्छ । तर प्रविधिको यो युगमा मान्छेसँग आफ्नै लागि त समय छैन, सम्बन्धका लागि कसरी हुनु ? यही कारणले गर्दा ब्रेक–अप अनि सम्बन्ध विच्छेदका मामिला बढिरहेका छन् । सम्बन्धलाई जोगाइराख्ने, बचाउने अनेक तरिकाहरू छन् । वैवाहिक जीवनलाई अगाडि बढाउँदै गर्दा यी चिजहरूले तपाईँको सम्बन्धलाई बलियो बनाउन सक्छ । के हुन ती कुराहरू ? आज हामी यसैबारे कुराकानी गर्नेछौँ ।
वार्तालाप: खुसी र सुखी वैवाहिक जीवनका लागि दम्पतीबिच सञ्चारको निकै महत्त्व छ । आफ्नो पार्टनरको कुरालाई राम्रोसँग सुन्नुस्, बुझ्ने कोसिस गर्नुस् ।आफ्नो विचार र भावनालाई खुलेर व्यक्त गर्नुस् । अनि साथमा मिलेर हरेक समस्याको समाधान निकाल्नुस् । एक अर्काको सम्मान गर्नुस् ।
क्वालिटी टाइम: दिनहुँको भाग दौडले भरिएको जीवनमा एक अर्कालाई थोरै मात्र भए पनि समय दिन जरुरी छ । हप्तामा एक पटक पार्टनरसँग डेटमा जानुस् । सप्ताहान्तमा घुमफिरका लागि जाँदा पनि हुन्छ । केही भएन भने पनि दुई जना मात्रै केही समय बिताउनुस् । यसबाट इमोशनल कनेक्सन बलियो हुन्छ । तपाईँको सम्बन्ध राम्रो हुन्छ ।
एक–अर्काप्रति सम्मान: दम्पतीले एक अर्काको व्यक्तित्वलाई चिन्ने अनि सराहना गर्नु पनि जरुरी छ । यस्तो गर्दा दम्पतीबिचमा यस्तो वातावरण बन्छ जहाँ एक अर्कालाई बुझ्न अनि अर्को व्यक्तिको मूल्यको सराहना गर्न सकिन्छ ।
विश्वास र इमानदारी: विश्वास कुनै पनि सम्बन्धको आधारशिला हो । पार्टनरसँग इमानदारी कायम राख्दा सम्बन्धमा विश्वास बढ्छ । वैवाहिक जीवनमा सुरक्षाको भावना उत्पन्न हुन्छ ।
साझा लक्ष्य र मूल्य: वैवाहिक जीवनमा दुवै दम्पतीको साझा उद्देश्य र मूल्य हुनु पर्छ । यस्तो भयो भने सम्बन्धले साझा उद्देश्य र दिशा पाउँछ । आपसी सम्बन्ध पनि बलियो हुन्छ ।
लचकता: जीवनमा कयौँ पटक हामीले अलग अलग खालको चुनौतीको सामना गर्छौ । तर जुन दम्पतीले यी चुनौती वा समस्याहरूको मिलेर सामना गर्छन् उनीहरूको सम्बन्ध बलियो हुन्छ, लचिलो हुन्छ ।
प्रशंसा गर्ने: बेला बेलामा पार्टनरले गरेको काम वा क्वालिटीको तारिफ गर्नुस् । बदलामा तपाईँले पनि केही तारिफ पाउनु हुनेछ । यसले सम्बन्धमा राम्रो असर पर्छ ।
इन्टीमेसी : वैवाहिक जीवनका लागि फिजिकल र इमोशनल इन्टीमेसी निकै जरुरी छ । बेला बेलामा एक अर्काको प्रति आफ्नो मनमा भएको माया व्यक्त गर्दा पार्टनर्सबीचको कनेक्सन बलियो हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल