एनिमलको सफलताप्रति भड्किए जावेद अख्तर
नयाँ दिल्ली । हिन्दी फिल्मका चर्चित गीतकार हुन् जावेद अख्तर । सन्दीप रेड्डी वांगाको फिल्म एनिमलको व्यवसायिक सफलतालाई जावेदले समाजको लागि ‘खतरनाक’ बताएका छन् । महाराष्ट्रको औरंगाबादमा आयोजित एउटा इन्टरनेशनल फिल्म फेष्टिभलमा उनले यस्तो बताएका हुन् । अजंता एलोरा इन्टरनेशनल फिल्म फेष्टिभलमा सिनेमा जगतका कयौँ चर्चित व्यक्तित्वहरु सहभागी भएका थिए । सो कार्यक्रममा जावेदले बलिउडमा बनिरहेका फिल्म र गीतबारे खुलेर कुराकानी गरेका थिए ।
चिन्ताजनक दृश्य भएका फिल्महरू सफल हुनु राम्रो नभएको एनिमलको नाम नलिईकन जावेदले कार्यक्रममा भनेका थिए । ‘कुनै यस्तो फिल्म छ जहाँ एक पुरुषले महिलालाई उसको जुत्तालाई चुम्न भनिरहेका छन् वा महिलालाई थप्पड हान्नु सामान्य कुरा मान्छन् अनि त्यो फिल्म हिट हुन्छ भने यो खतरनाक हो,’ जावेदले भने । एनिमलमा एउटा दृश्यमा रणवीरले तृप्ति डिमरीलाई आफ्नो जुत्तालाई चुम्न भनेका थिए । महिलालाई थप्पड हानिएको दृश्य सन्दीपकै अर्को फिल्म कबिर सिंहमा थियो । एनिमलमा कयौँ आपत्तिजनक र हिंस्रक दृश्य भएको भन्दै फिल्मको खुबै आलोचना भएको थियो । यसलाई महिला विरोधी फिल्मको संज्ञा समेत दिइएको थियो । तर यति धेरै आलोचनाबिच पनि फिल्मले लगातार नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । फिल्मले विश्वभरमा ९०० करोडभन्दा धेरैको कमाई गरेको छ ।
यस्तो खालको फिल्मलाई हिट बनाएकोमा जावेदले दर्शकहरूलाई जिम्मेवार ठहराएका छन् । ‘आज फिल्ममेकर भन्दा बढी जिम्मेवारी दर्शकमाथि छ । तपाई कस्तो खालको फिल्म हेर्नु हुन्छ, त्यसको लागि तपाई आफैँ जिम्मेवार हुनुहुन्छ । कस्तो खालको फिल्म बन्ने भन्ने कुरा पनि यसैले तय गर्छ । कस्तो फिल्म बन्नु पर्ने हो अनि कस्तो चाहिँ होइन भन्ने कुरा तपाईँले तय गर्ने हो । फिल्ममा कस्तो खालको मूल्य र नैतिकता देखाउने भन्ने पनि तपाईँले नै तय गर्ने हो,’ भन्दै जावेदले फिल्मको सारा जिम्मेवारी दर्शकको काँधमा हालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा
-
निर्यात बढेपछि घट्यो देशको व्यापार घाटा
-
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस