चुनावबाट अख्तियार प्रमुख नियुक्त गर्ने व्यवस्था गर्न प्रेम सुवालको माग

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक आयोगका प्रमुखहरूको नियुक्ति चुनावबाट गर्नुपर्ने बताएका छन् ।
आइतबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री र विपक्षी दलका नेताको भागबन्डामा संवैधानिक निकायका प्रमुखहरू नियुक्त हुने गरेको बताउँदै त्यसलाई रोक्न चुनावी प्रक्रियाबाट पठाउनुपर्ने बताए ।
चुनावबाट निर्वाचित भएको व्यक्ति निष्पक्ष र जनताप्रति जबाफदेही हुने उल्लेख गरे । सांसद सुवालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) २०६६ लाई संशोधन गर्न बनेको विधेयकले संविधान संशोधनको माग गरेको बताए ।
संवैधानिक परिषदमा सर्वसहमति नभए बहुमतले निर्णय गर्ने भन्ने कुरा रहेको र सर्वसहमति शब्द संविधानले नचिन्ने भएको बताए । कुल सङ्ख्याको ५१ प्रतिशत माथि बहुमत हुने तर १ जना सदस्यको बहुमत भन्ने शब्द राखेर हुन्छ ? भन्दै कटाक्ष गरे।
प्रधानमन्त्रीले आफ्ना मान्छे अख्तियारमा लाने, मानव अधिकार आयोगमा आफ्नो मान्छे लाने र आफ्नो पक्षका व्यक्तिले मानव अधिकार उल्लङ्घन गरे पनि आयोगले नबोल्ने अवस्था रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा लम्साल नियुक्त
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० किशोरहरूको उद्धार
-
नेपाल र म्यानमारको खेल बराबरीमा सकियो
-
एयरपोर्टमा सुन ल्याए नल्याएको जाँच कसरी हुन्छ ?
-
श्याम र मिराको ‘फूलको रङ्ग’मा प्रभात र उषाको अभिनय
-
प्रदर्शनरत ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक