पाटन अस्पतालमा बिरामीको मृत्यु प्रकरण : औषधिका कारणले मृत्यु नभएको रिपोर्ट
![पाटन अस्पतालमा बिरामीको मृत्यु प्रकरण : औषधिका कारणले मृत्यु नभएको रिपोर्ट](https://rpcdn.ratopati.com/media/albums/patan-hospital-new_wujNcmg965.jpg)
काठमाडौँ । पाटन अस्पतालमा इन्जेक्सनमार्फत औषधि चलाइएको केही समयपछि दुई जनाको मृत्यु भएको भनिए पनि औषधिका कारणले मृत्यु नभएको रिपोर्ट आएको छ । गत कात्तिक १८ गते अस्पतालमा ज्येष्ठ नागरिक वार्डमा दुई जनाको मृत्यु भएको थियो ।
ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी र ओखलढुङ्गाकी ९० वर्षीय जनमाया राईलाई मृत्यु हुनुभन्दा केही समयअगाडि लगाइएको सुईमार्फत दिइएको औषधिबाट ज्यान गएको आफन्तले दाबी गरेका थिए । तर औषधिका कारणले उनीहरूको मृत्यु नभएको छानबिनबाट पुष्टि भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. युवराज शर्माले बताए ।
उनका अनुसार दुवै बिरामी ९० वर्षीय राईलाई दम र खोकी थियो । सोही कारणले मृत्यु भएको रिपोर्ट आएको उनले रातोपाटीलाई बताए । यस्तै, ६८ वर्षीय नगरकोटी लिभर र फोक्सो संक्रमणको बिरामी रहेको रिपोर्ट आएको शर्माले उल्लेख गरे । उनले नगरकोटीको फोक्सोमा पिप जामेको कारणले मृत्यु भएको बताए ।
नगरकोटी र राई निमोनियाको उपचार गर्न अस्पताल भर्ना भएका थिए । ज्येष्ठ नागरिक वार्डमा नगरकोटी कात्तिक १० मा र राई कात्तिक १६ मा निमोनियाको उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री भन्छन्– पैसा लुकायो भन्ने उही हो, राघेराघे, पाटेपाटे, ध्वाँसेध्वाँसे !
-
ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबिच ऊर्जा विकासका विषयमा छलफल
-
धर्तीबाट मंगलको यात्रा ३० दिनमै होला त पूरा ?
-
अभिभावकमाथि अश्लील टिप्पणीको मुद्दा : बयान दिन चोकी पुगिन् अपूर्वा
-
एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफा ४०० प्रतिशतले बढ्यो
-
सामाजिक सञ्जाल विधेयकविरुद्ध सडकमा नेविसंघ