छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौं । नवलपरासी पूर्व, कावासोती नगरपालिका–१४ थारु डण्डास्थित सडकमा ले.३ त ४९५५ नम्बरको ट्याक्टर र लु.२९ प १५३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक देउचुली नगरपालिका-१५ बस्ने ५७ वर्षीय खडानन्द काफ्ले जैसीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, बिर्तामोड नगरपालिका–२ चारपानेस्थित सडकमा मे।५ प ७२४८ नम्बरको मोटरसाइकललाई प्र.१–०१–००२ ख ०१४९ नम्बरको बसले शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक कनकाई नगरपालिका–८ बस्ने ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई उपचारको बिएण्डसि अस्पताल विर्तामोड पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापा, भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुलमा प्र.१–०१–०१३ प ९६०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार कचनकवल गाउँपालिका–२ सुकुनाडिकी बस्ने २८ वर्षीय लेखनाथ दाहालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला