गण्डकी प्रदेशको औद्योगिक उत्पादन क्षमता २.२ प्रतिशतले वृद्धि

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशको औद्योगिक उत्पादन क्षमता अघिल्लो वर्षको तुलनामा २.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणका अनुसार आर्थिक वर्षमा समग्र प्रदेशको औद्योगिक उत्पादन क्षमता २.२ प्रतिशतले वृद्धि हुँदै ४५.८ प्रतिशत पुगेको हो ।
जसमध्ये प्रदेशमा सबैभन्दा बढी तेल र चकलेट उत्पादनको क्षमता उपयोग बढी देखिएको छ ।
बैंकका अनुसार यस प्रदेशमा खाने तेल उद्योगको क्षमता उपयोग ९६.७६ प्रतिशत र चकलेट उद्योगको ७४.५७ प्रतिशत रहेको छ । यस्तै, बिस्कुटको ६२.८० प्रतिशत, वियरको ६३.८९ प्रतिशत, ईट्टाभट्टाको ५४.९९ प्रतिशत, लिक्विड औषधीको ५१.९० प्रतिशत, औषधि क्याप्सुलको ३५.८ प्रतिशत, ओइन्टमेण्टको १०.१५ प्रतिशत र ड्राइ सिरपको क्षमता उपयोग ७.९६ प्रतिशत रहेको छ ।
२०७९ फागुनसम्म गण्डकी प्रदेशमा दर्ता भएका उद्योगको संख्या ७१ हजार ८ सय ९७ पुगेको छ भने दर्ता भएका वाणिज्य फर्मको संख्या ६८ हजार ३ सय ६४ पुगेको बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा गण्डकी प्रदेशमा ८३० उद्योग दर्ता भएका छन् । यी उद्योगमा रू. ५ खर्ब ९७ अर्ब २५ करोड लगानी स्वीकृत भई उद्योगको सञ्चालनबाट ४० हजार ९३ रोजगारी सिर्जना हुने अनुमान रहेको छ ।
आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा १७.३६ प्रतिशत रहने अनुमान रहेको छ । गत वर्ष यस्तो हिस्सा १७.७ प्रतिशत रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव : निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
-
कसले गर्यो केपी ओलीविनाको ‘एमाले’ कल्पना ?
-
सीईओ गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको कार्यभार
-
संविधान र संघीयता कार्यान्वयनमा बाधा भइरहेको छ – मन्त्री लामिछाने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौँ : मुख्यमन्त्री आचार्य
-
चर्चित ब्राजिलियन खेलाडी कार्लोस एनएसएल हेर्न दशरथ रंगशालामा (तस्बिरहरु)