विवाहको तयारीमा रश्मिका मन्दना र विजय देवरकोन्डा !

चेन्नई । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दनाले बिहे गर्न लागेको खबर सार्वजनिक भएको छ । विजय र रश्मिका बेहुला–बेहुली भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । दुवैले एक अर्कासँग मगनी गरेको खबर पनि अहिले निकै चलिरहेको छ । यी दुवै गीता गोनिन्दम फिल्मको सुटिङको बेलामा एकअर्काको नजिक आएका थिए ।यो फिल्मपछि विजय र रश्मिका डियर कमरेडमा देखिएका थिए । यो फिल्मले दर्शकको मन खासै जित्न सकेन ।
लामो समयदेखि यी दुईले एक अर्कालाई डेट गरिरहेको खबर आइरहेको छ । रश्मिका हरेक चाडपर्वमा विजयको घर जाने गरेको हल्ला पनि चलिरहेको छ । केही समयअघि दुवै मल्दिभ्समा छुट्टी मनाउन गएको खबर पनि आएको थियो । दुबैको परिवारले यो सम्बन्धलाई मञ्जुरी दिएका छन् । सञ्चार माध्महरुले सूत्रलाई उद्धृत गर्दै छापेको समाचारअनुसार फेब्रुअरीको दोस्रो हप्तामा दुवैले मगनी गर्दैछन् ।
विजय हालै मात्र सामन्था रुथ प्रभुको साथमा खुसी फिल्ममा देखिएका थिए । विजय अहिले गीता गोविन्दमका निर्देशक परशुराम पेटलासँग नयाँ फिल्ममा काम गरिरहेका छन् । विजयको आगामी फिल्म फ्यामिली स्टारको रिलिज डेटमा ढिलाइ भइरहेको छ । यो फिल्ममा विजयसँग मृणाल ठाकुर पनि छिन् । फिल्म १८ फेब्रुअरीमा रिलिज हुन सक्ने बताइएको छ । रश्मिका अहिले पुष्पा २ को सुटिङमा व्यस्त छिन् । यसबाहेक उनी रेम्बो नामक तेलुगु फिल्मको पनि हिस्सा बनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको तर्फबाट युद्ध लड्ने बेलायती युवकलाई रुसमा १९ वर्षको जेल सजाय
-
नेप्सेमा झिनो गिरावट, कारोबार १० अर्ब १० करोड
-
कुलमानलाई शून्य अंक किन ? यस्तो छ मन्त्री खड्काको स्पष्टीकरण
-
फाइनलअघि म्याट हेनरीको चोटले न्युजिल्यान्डलाई चिन्ता
-
आलेमगरको टिप्पणी : एउटा अध्यादेशको निधन भएछ !
-
‘बोक्सी’का नाममा हुँदै आएको अत्याचार अझै रोकिएन