सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

विपिन जोशी सम्पर्कविहीन भएको तीन महिना पूरा

आइतबार, २२ पुस २०८०, १० : ५५
आइतबार, २२ पुस २०८०

काठमाडौँ । कञ्चनपुरका विपिन जोशी सम्पर्कविहीन बनेको तीन महिना पूरा भएको छ । आजभन्दा तीन महिना अगाडि अर्न एन्ड लर्न कार्यक्रमका इजरायल पुगेका जोशी सम्पर्कविहीन बनेका थिए ।

७ अक्टोबर २०२३ मा इजरायल गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए । भने जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उनको अवस्था अझै अज्ञात छ ।

उनको रिहाइका लागि नेपाल सरकारले इजरायलसँगै कतार र इजिप्टसँग समेत कूटनीतिक पहल गर्दै आएको छ । तर, उनको रिहाइ हुन सकेको छैन । परराष्ट्र मन्त्री एनपी साउद आफैँ उनको रिहाइका लागि पहल गर्न कतार पुगेका थिए । कतार पुगेर त्यहाँका राजा तथा प्रधानमन्त्रीसँग जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका थिए । तर, सरकारले गरेको पहलहरूले सार्थकता पाउन सकेको छैन । नेपालले उनको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायसँग गुहार माग्दै आएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप