उडानका क्रममा विमानको हिस्सा अलग भएपछि बोइङ ७३७ म्याक्स ९ लाई उडानमा रोक
![उडानका क्रममा विमानको हिस्सा अलग भएपछि बोइङ ७३७ म्याक्स ९ लाई उडानमा रोक](https://npcdn.ratopati.com/media/news/_132219439_alaskaairlinesplanefuselage.jpg_KdiHbAAVuU.webp)
न्यूयोर्क । अलास्का एयरलाइन्सको विमानको एक हिस्सा उडानको क्रममा अलग भएको घटनापछि अमेरिकी एयरलाइन्सको नियामक संस्था फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले १७१ वटा विमानलाई जाँच अवधिसम्म उडानमा रोक लगाएको छ ।
एफएएका अनुसार यो जाँचमा बोइङ ७३७ म्याक्स ९ का १७१ वटा विमानहरु प्रभावित हुनेछन् । युनाइटेड एयरलाइनसले आफ्नो ७९ वटा बोइङ ७३७ म्याक्स ९ विमानमध्ये केहीमा एफएएले जाँच गर्ने तय भएको जानकारी दिएको छ । जाँचका लागि विमान सेवाबाट हटाउँदा करिब ६० वटा उडान रद्द हुने सम्भावना रहेको कम्पनीले जनाएको छ ।
यसअघि एफएएले अमेरिकी क्षेत्रमा उडान भर्ने बोइङ ७३७ म्याक्स ९ विमानहरुलाई अस्थायी रुपमा उडानमा रोक लगाउने आदेश जारी गरेको थियो । एफएएका अनुसार जाँचबाट गुज्रने हरेक विमानले लगभग चारदेखि आठ घन्टासम्म लाग्नेछ ।
अमेरिकाको पोर्टल्याण्ड (ओरेगन)बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा हावाको दबाबमा विमानको एक भाग भाँचियो र विमानबाट अलग भयो। यसका बाबजुद यो विमान सकुशल अवतरण भएको थियो ।
अलास्का एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार उक्त विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म