राष्ट्रियसभा सदस्य सिट बाँडफाँटलाई अन्तिम रूप दिन सत्ता गठबन्धनको बैठक बालुवाटारमा
![राष्ट्रियसभा सदस्य सिट बाँडफाँटलाई अन्तिम रूप दिन सत्ता गठबन्धनको बैठक बालुवाटारमा](https://npcdn.ratopati.com/media/news/gathbandhan_G1pT2vdxYM.jpg)
काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलको बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी छन् ।
बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ । शनिबार बसेको बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी सहमतिको खाका भएको थियो । तर एकीकृत समाजवादीले त्यो खाकामा असन्तुष्टि जनाएको थियो ।
अहिलेको बैठकले सकेसम्म एकीकृत समाजवादीलाई मनाउने र सहमतिको प्रयास गर्ने नेताहरूले जनाएका छन् । ‘सकेसम्म एकीकृत समाजवादीलाई मनाएर अघि बढ्ने प्रयास हुन्छ । नभए माओवादी केन्द्रले एक सिट छोड्नु पर्ने हुनसक्छ,’ बैठकमा सहभागी एक नेताले भने ।
राष्ट्रिय सभामा १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ भने त्यसकालागि सोमबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
-
५ जना मृतावस्थामा फेला
-
सांसद अग्रहरी भन्छिन् : ६ महिनादेखि निरन्तर सरकारलाई सराप्ने काम भयो
-
सुरु भयो फिल्म ‘पीआर’को छायाङ्कन
-
एडल्ट ड्रामा ‘दु:खी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट
-
८ करोडभन्दा बढी खर्चेर बनाइयो पालिकाको पक्की भवन