रियल मड्रिड कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा एरेडिनालाई ३–१ गोल अन्तरले पराजित गर्दै रियलले प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४ गोल नै दोस्रो हाफमा निस्कियो । एरेडिनाले गरेको १ गोल भने उपहार हो । ५४ औँ मिनेटमा जोसुलोले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । लगत्तै ५५ औँ मिनेटमा ब्रहिम डियाजले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त समयमा रोड्रिगोले गोल गर्दै ३–० को अवस्थामा पुगेको थियो ।
तर, थप गरिएको समय सकिन २ मिनेट बाँकी रहँदा रियलका नाचोले आफ्नै पोस्टमा गोल गरेपछि एरेडिनाले १ गोल उपहार पायो ।
यस्तै, अलाभेसले रियल बेटिसलाई१–० गोल अन्तरले पराजित गर्दा भालकानोले हुएस्कालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । त्यसैगरी जिरोनाले एल्चमाथि २–० को जित निकाल्दा गेटाफेले स्पानियोललाई १–० तथा एथ्लेटिको मड्रिडले लुगोलाई ३–१ ले पराजित गर्दै प्रि क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म