चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत आज बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सोह्रौँ पञ्चवर्षीय योजना सम्बन्धमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशको बाँके जिल्लाहरूमा गरिएको बजार अनुगमन सम्बन्धी प्रतिवेदन, २०८० लाई समिति समक्ष पेस गर्ने र गण्डकी प्रदेशको कास्की पोखरा र स्याङ्जा जिल्लाहरूमा गरिएको बजार अनुगमन सम्बन्धी प्रतिवेदन, २०८० लाई समिति समक्ष पेस गर्ने कार्यसूची छ ।
बिहान ११ बजेबाट सुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।
बिहान साढे ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्याब्सन, एनप्याब्सन र हिसान तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा