५ पटक मन्त्री बनेका पोखरेलको यस्तो छ सम्पत्ति विवरण
काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
मन्त्री पोखरेलले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो सम्पति विवरण सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा खोटाङको समावेशी गाउँपालिका वडा नंबर २ मा २ कित्ता जमिन रहेको उल्लेख छ ।
जसमा २६ रोपनी रहेको छ ।
शिक्षामन्त्रीद्वारा १० बुँदे मार्गचित्र घोषणा
पोखरेलले एउटा कित्तामा १२ रोपनी, २ पैसा र अर्को कित्तामा १० रोपनी १४ आना २ पैसा १ दाम देखाइएको छ ।
चन्द्रकुमारी पोखरेलको नाममा रहेको उक्त जग्गा मन्त्री पोखरेलले पैतृक सम्पत्ति भएको जनाएका छन् ।
पोखरेल योसँगै पाँच पटक मन्त्री भइसकेका छन् ।
यस्तै इन्भेष्टमेन्ट बैंक पुल्चोक शाखाको खातामा रहेको खातामा ३ लाख ६७ हजार मौज्दात रहेको उनले उल्लेख गरेका छन् । यस्तै नेपाल बंगलादेश बैंकको खातामा पनि १३ हजार ९९३ मौज्दान रहेको पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
यस्तै रुपाकोट सामुदायिक रेडियो खोटाङमा रु ५ हजारको सेयर रहेको पनि उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प