नरैनापुरमा हात्तीपाइले रोगको जीवाणु परीक्षण

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा हात्तीपाइले रोगको जीवाणु परीक्षण गरिएको छ । नरैनापुर गाउँपालिका ४ खोदवा गाँउमा शनिबार ३०२ जनामा हात्तीपाइले रोगको जीवाणु परीक्षण गरिएको हो ।
उनीहरूमा गरिएको र्यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी) मा हात्तीपाइले रोगको जीवाणु (माइक्रोफाइलेरिया) फेला नपरेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिए ।
राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा खोदवामा आरडिटी जाँच गरिएको हो । नरैनापुरमा पोजेटिभ नदेखिएकोले औषधि सेवन गर्नुपर्ने अवस्था नभएको उनले बताए । तर डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकामा पोजेटिभ केस फेला परेमा दुई वर्षसम्म तिनवटै पालिकाका नागरिकले औषधी सेवन गर्नुपर्ने संयोजक शाहले बताए ।
हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तर रूपमा अभियान चलाइराख्नु परेको उनको भनाई छ । स्वास्थ्य कार्यालयले अहिले पालिका स्तरमा स्वास्थ्यकर्मी परिचालन गरी हात्तीपाइले रोगको जीवाणु परीक्षण सुरु गरेको हो ।
बाँकेकै कोहलपुर नगरपालिका–६ रझेनामा तीन सय जनामा गरिएको र्यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी) मा ४८ जनामा हात्तीपाइले रोगको जीवाणु फेला परेपछि आरडिटी पोजेटिभ देखिएका ४८ जनाको पुनः माइक्रोस्कोपिङ जाँच गरिएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिए ।
आरडिटी जाँचमा शरीरभित्र मरेका जीवाणु भए पनि पोजेटिभ देखिने भएकाले यकिन गर्न रात्रिकालीन माइक्रोस्कोपिङ जाँचका लागि रक्त नमुना सङ्कलनको गरिएको उनको भनाइ छ । विश्वका धेरै देशमा हात्तीपाइले रोग निवारण भइसके पनि नेपालमा भने यो समस्याले देखिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो
-
समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?
-
स्वास्थ्य सचिव देवकोटा कि मिश्र भन्नेमा कांग्रेसमै दुई धार
-
बीपी राजमार्ग पुनर्निर्माणमा जाइका अनिर्णीत
-
ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी र एमाले सांसदको आपत्ति