प्रचण्डको एक वर्षे कार्यकाल पूर्ण रूपमा असफल : नेता पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का नेता आनन्द पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एक वर्षे कार्यकाल पूर्ण रूपमा असफल भएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार आर्थिक, राजनीतिक, कूटनीतिक, पर्यटन र विकास, देशमा शान्ति सुरक्षा, अमनचयन सबै हिसाबले असफल भएको बताएका हुन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरू नेपालको हित विपरीत रहेको उनको टिप्पणी छ । उनले सार्वभौम मुलुकलाई सिधै दूतावासमार्फत मागेर योजना लिने गरी वर्तमान सरकारले भारतसँग सम्झौता गरेको भन्दै आपत्ति जनाए । ठुलो छिमेकी राष्ट्र भारतले सानो भाइको रूपमा व्यवहार गरेको उनको टिप्पणी छ ।
‘अहिले जुनढंगले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले नेपालको जलस्रोतको क्षेत्रमा, अन्य भौतिक पूर्वाधारको क्षेत्रमा अत्यन्त ढोका खुलेको छ । यो माइलस्टन भनेर चर्चा गरिएको छ ।’ उनले भने, ‘तर, म वाक्यमा भन्न चाहन्छु– यो सम्झौता १९५० को नेपाल–भारत सन्धिको एउटा निरन्तरता, ठुलो छिमेकी राष्ट्र भारतको सानो भाइको रूपमा व्यवहार गर्ने, एउटा सार्वभौम मुलुकलाई सिधै दूतावासमार्फत मागेर योजना लिने यो सरकारले सम्झौता गरेको छ । १९५० देखि अहिलेसम्म आइपुग्दा हिजोको भारतको नेपाललाई हेपाहा र मिचाहा प्रवृत्ति थियो, नेपालको सार्वभौमिकतामा हस्तक्षेप गर्थ्यो ।’
भारतले नेपालमाथिको हस्तक्षेप कायमै राख्नका लागि नयाँ सम्झौतासहित नेपाललाई कमजोर बनाउने गरी सम्झौता गरेको उनको आरोप छ । भारतले आजसम्म कुनैपनि सहयोग निःशर्त नरहेको उनले बताए । उनले भारतीय दूतावासमार्फत नेपाली जनतालाई ध्रुवीकरण गर्न खोजिएको आरोप लगाए ।
‘अहिलेको गठबन्धन सरकार राष्ट्रघाती सरकार हो । भारतसँग आत्मसमर्पण गरेको छ,’–नेता पोखरेलले भने । भारतसँग विद्युत्को क्षेत्रमा कुनै ठुलो सम्झौता गर्न नसकेको उनले बताए । भारतले आफ्नै लगानीमा बनेको ७ मेगावाट विद्युत् लाने उनको दाबी छ । वर्तमान सरकारले भारतसँग गरेको विद्युत् व्यापार सम्झौता लज्जास्पद रहेको उनले टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान