विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला

काठमाडौँ । देशका विभिन्न जिल्लामा ३ जना मृत फेला परेका छन् । सिन्धुली, पर्वत र झापामा ३ जना मृत अवस्थामा फेला परेका हुन् ।
सिन्धुलीको दुधौली नगरपालिका–६ लालभितीस्थित कमला खोला किनारमा सोही नगरपालिका–१ गिजिहानी बस्ने ५३ वर्षीय भिमनाथ अधिकारी मृत अवस्थामा फेला परेका छन् । उनी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै पर्वतको जलजला गाउँपालिका–४ स्थित कालीगण्डकी नदीको किनारमा एक महिला मृत फेला परेकी छन् । म्याग्दीको वेनी नगरपालिका–७ शान्तीटोल बस्ने ६० वर्षीया प्रमिला जोशी शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।
उता, झापाको शिवसताक्षी नगरपालिका–१० माईधारस्थित कन्काई खोलाको किनारमा एक पुरुष मृत फेला परेका छन् । शुक्रबार मृत अवस्थामा फेला परेका करिब ४५ वर्षीय पुरुषको नाम, थर र वतन नखुलेको प्रहरीले जानकारी दिएको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
-
इजरायली आक्रमणपछि हमासले गर्यो जवाफी कारबाही
-
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
-
आज विभिन्न पाँच अन्तरराष्ट्रिय दिवस मनाइँदै
-
‘माई सेकेन्ड टिचर नेपाल’ बन्यो नेपाल सुपर लिग क्लब धनगढी एफएसीको मुख्य प्रायोजक
-
मन्त्री र कुलमानबिच जुँगाको लडाइँले निजी क्षेत्रको बिजोग