उडानका क्रममा झ्याल ‘गायब’ भएपछि ‘बोइङ ७३७ म्याक्स ९’ विमानको उडानमा रोक
शनिबार, २१ पुस २०८०, १४ : ५२
![उडानका क्रममा झ्याल ‘गायब’ भएपछि ‘बोइङ ७३७ म्याक्स ९’ विमानको उडानमा रोक](https://npcdn.ratopati.com/media/news/alaska-airlines_BrllVbgfKZ.jpg)
ओरेगन । अमेरिकामा एउटा घटना बाहिर आएको छ जसमा विमानको झ्याल उडानका क्रममा उखेलिएको छ । यो घटनापछि अलास्का एयरलाइन्सले आफ्ना सबै ६५ ‘बोइङ ७३७ म्याक्स ९’ विमानलाई ‘अस्थायी रूपमा’ उडान गर्नबाट रोकेको छ ।
अलास्का एयरलाइन्सले यी सबै विमानहरूको जाँच गर्ने र त्यसपछि मात्र उडान गर्न अनुमति दिने बताएको छ। पोर्टल्याण्ड (ओरेगन) बाट अमेरिकाको ओन्टारियो (क्यालिफोर्निया) जाँदै गरेको अलास्का एयरलाइन्सको विमानको एक भाग हावाको चापमा विमानबाट अलग भएको थियो । तर, यो विमान सकुशल अवतरण भएको थियो ।
स्थानीय समय अनुसार शुक्रबार साँझ यो घटना भएको हो । अलास्का एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य बोकेको विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म