पूर्वराजा शाहद्वारा बुटवलको नीलकण्ठ बाबाधाममा पूजा
शनिबार, २१ पुस २०८०, १४ : ४४
बुटवल । दुई हप्तादेखि भैरहवामा आएर बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज बुटवल उपमहानगरपालिका वार्ड ७ मा रहेको नीलकण्ठ बाबाधाम मन्दिरमा पूजा गरेका छन्। पुस १ गतेबाट सुरु भएको शिव शक्ति-११ अतिरुद्री महायज्ञमा आज पूर्व राजाले पूजा गरेका हुन्।
सो अवसरमा मन्दिर परिसरमा भेला भएका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएका थिए । पूवराजालाई मन्दिरका पुजारी तथा पदाधिकारीले स्वागत गरेका थिए।
पुस ९ गते भैरहवामा परिवारसहित आएका पूर्वराजा यसअघि नवलपरासी बर्दघाट रहेको मन्दिरमा पनि पूजा गरेका थिए। उनलाई पुस १९ गते भैरहवामा नागरिक अभिनन्दनसमेत गरिएको थियो । उनी कहिले काठमाडौँ जाने अझैसम्म सचिवालयले खुलाएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिरिक्त शुल्कको मार : डिजिटल भुक्तानी निःशुल्क गर्न सांसदको ध्यानाकर्षण
-
घरेलु मैदानमा सान्त्वना जितको खोजीमा रहेको नेपालले थाइल्यान्डलाई दियो ८२ रनको लक्ष्य
-
सरकारले प्रतिशोधको मूल्य चुकाउनेछ : अर्याल
-
‘रोशीमा लेदो बग्छ, क्रसरमा रोक लगाउनुपर्छ’
-
चलचित्र विकास बोर्ड मधेसमा पटकथा लेखन सिकाउने
-
रास्वापाद्वारा रवि लामिछानेको निलम्बन फुकुवा गर्न माग