पर्यटन प्रवर्द्धनका लागि गुम्बा डाँडामा नगरसभा
![पर्यटन प्रवर्द्धनका लागि गुम्बा डाँडामा नगरसभा](https://npcdn.ratopati.com/media/news/hetauda-(3)_dFCojeqsqa.jpg)
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आफ्नो नगर सभा पर्यटन क्षेत्रमा आयोजना गरेको छ । शनिवार आयोजित उपमहानगरपालिकाको १४ औँ नगर सभा हेटौँडा–१८ स्थित पर्यटकीय क्षेत्र गुम्बा डाँडामा गरिएको छ ।
स्थानीय स्तरका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि उपमहानगरपालिकाले पहिलोपटक बजार क्षेत्रभन्दा बाहिर नगर सभा आयोजना गरेको हो । कार्यपालिका सदस्य एवम् नगर सभाका ९७ जना सदस्यसहित उपमहानगरपालिकाका कर्मचारीहरू र मेयर मीनाकुमारी लामा तथा उपमेयर राजेश बानियाँको उपस्थितिमा सभा सञ्चालन भइरहेको छ । हेटौँडा वडा नम्बर–१८ को कार्यालयको व्यवस्थापनमा नगर सभा सञ्चालन गरिएको हो ।
खुल्ला मैदानमा टेन्ट राखेर सभा सञ्चालन गरिएको छ भने उपस्थित सम्पूर्णका लागि खाजा तथा खानाको प्रबन्ध सभास्थलमा नै गरिएको छ । नगर सभाले उपमहानगरपालिकाको चालू आर्थिक वर्षको बजेट कार्यक्रम संशोधन प्रस्ताव पेश गर्ने कार्य सूची रहेको जनाइएको छ । ढुङ्गा मूर्तिले सजिएको हेटौँडा–१८ हर्नामाडीस्थित गुम्बा डाँडा सामुदायिक वनमा निर्माणाधीन मूर्ति पार्क पर्यटकीय गन्तव्यको रूपमा रहेको छ ।
६ देशका २३ कलाकारले ढुङ्गामा कुँदेका मूर्तिका २३ कलाकृति पार्कमा राखिएको छ । पार्कको पश्चिमतर्फ २५ फिट अग्लो ढुङ्गाको बुद्धको प्रतिमा समेत गरेको छ । हेटौँडाबाट नजिकको पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि उपमहानगरपालिकाले नगर सभा आयोजना गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता