पैसाको महिमा

भए पनि नहुने
नभए पनि नहुने
भए सबैले गन्ने
नभए कसैले मान्छे पनि नगन्ने
धेरै कमाए अहमता बढ्ने
कमाउन नसके जीवनभर पछुताउनु पर्ने
न छ यसको हात,
न त छ कुनै खुट्टा
तर पनि छैन यसलाई फुर्सद कहिले ?
चाहिन्छ यो जन्मेदेखि मृत्यु पर्यन्तसम्म पनि
नहुँदा हुन्छन् आफन्त, साथीभाइ पनि पराई
हुँदा हुन्छन्, पराई पनि आफ्नो
हुन्छ यसमा चुम्बकीय शक्ति
अनि हुन्छ यसमा जादुको छडी ।
भुल्छन् यसको पछि लाग्दा, भोक र नीदसमेत
भुल्छन् यसको पछि लाग्दा, आफन्त साथीभाइ सबै
भुल्छन् यसका लागि मानिसले, पाप र कुकर्म गर्न पनि
हेक्का राख्दैनन् यसका लागि मानिसले, धर्म र पाप पनि
डर मान्दैनन् कुस्त कमाउन, गैरकानुनी काम पनि
कमाउँछन् नाम उसले, जोसँग हुन्छ पैसा प्रशस्त
पैसा भएपछि गाह्रो रहेनछ नाम कमाउन
नाम र प्रतिष्ठा अब त पैसामा पनि बिक्दो रहेछ यहाँ
पैसाको छ महिमा अपरम्पार ।
बुझ्न छ अति गाह्रो छ यसको महिमा
यसका लागि मानिस मर्न र मार्न पनि पर्दैन पछि
यो कस्तो नशा हो पैसाको ?
कमाएपछि झन् झन् ज्यादा कमाउन मन लाग्ने
अब त दुनियाँको रिक्त नै भएझैँ लाग्छ
जसरी भए पनि कमाऊ प्रशस्त पैसा,
मृत्युशय्यामा पर्दा पनि भुल्न सक्दैन यसलाई
भन्छन् यसलाई नगद नारायण
अनि लिन्छन् लक्ष्मीका रूप पनि
जीवनभर पछि लाग्छन् मानिस यसको
पुग्दैन मानिसलाई जति कमाए पनि
लाग्छ मानिस मरेर पनि साथै लाने झैँ गरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु
-
जापानमा शक्तिशाली भूकम्प