शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

बरहथवा घटनामा न्यायिक छानबिन समिति गठन गर्न कांग्रेस मधेस प्रदेशको माग

शनिबार, २१ पुस २०८०, ०९ : ३७
शनिबार, २१ पुस २०८०

जनकपुरधाम । सर्लाहीको बरहथवामा भएको शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक युवाको निधन भएकोमा नेपाली कांग्रेस मधेस प्रदेशको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयका मुख्यसचिव सन्तुप्रसाद यादवद्वारा जारी विज्ञप्तिमा गर्दै प्रहरी, प्रशासन र मेयरको लापरबाही गैर जिम्मेवारीपनको कारण घटना भएको बताए  ।

अविलम्ब न्यायिक छानबिन समिति गठन गरी सूक्ष्म तरिकाले अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग कांग्रेस मधेस प्रदेशको माग  छ ।

सामान्य विषयलाई अतिरञ्जित बनाउने सर्लाही प्रहरी प्रशासन प्रमुखलाई तत्कालै जिम्मेवारीबाट हटाएर छानबिन गर्नुपर्ने कांग्रेसले जोड दिएको छ । कांग्रेस मधेस प्रदेशका अनुसार शुक्रबार उद्योग वाणिज्य संघ, कांग्रेस लगायतको ५ दलले दबाब दिँदै बरहथवा नगरपालिका, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, इलाका प्रशासन कार्यालय बरहथवा, इलाका प्रहरी कार्यालय बरहथवा लाई दुई पटक ज्ञापन पत्र दिँदै सामान्य आन्दोलन गर्दै सङ्घर्ष गरिरहेको थिए ।  नगर प्रमुखले प्रदेशलाई अस्पताल हस्तान्तरण गर्ने निर्णयलाई बहुमतले स्थगित गरेपछि विवाद निम्तिएको काँग्रेसको ठहर छ ।

'१५ शैयाको बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रलाई मधेस प्रदेश सभाबाट ५० शैयामा स्तरउन्नती गर्ने गरी नीति कार्यक्रम मा ल्याएको थियो । सोही अनुरूप नेकपा एमाले पार्टीबाट निर्वाचित नगर प्रमुख कल्पना कटवालले कार्यपालिका बैठकबाट प्रदेश सरकारलाई अस्पताल हस्तान्तरण गर्ने निर्णय गराई प्रचार गरेको थियो । तर एमाले पार्टीले ५० शैयाको हुनु हुँदैन भन्दै विरोध जनाए पछि मेयरले हस्तान्तरण गर्न आलटाल गरिएको थियो,' विज्ञप्तिमा भनिएको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार शान्तिपूर्ण आन्दोलनमा उत्रिएका सर्वसाधारण, राजनीतिक दल, उद्योग वाणिज्य संघ, व्यवसायीहरु नगरपालिका घेराउ गरी नाराबाजी गरी रहँदा प्रहरीले लाठी चार्ज गर्दै कयौँ राउण्ड अश्रुग्याँस प्रहार गरी आन्दोलनकारीलाई घाइते बनाएको कांग्रेस जनाएको छ ।

आक्रोशित भीड तितरबितर हुँदै मेयरको निवास तिर गइरहँदा मेयरको निवासबाट धेरै पर विद्युत् प्राधिकरणमा बिल तिरेर गइरहेको सर्लाही होटलमा काम गर्ने कामदार जयसंकर साहको टाउकोमा गोली हानिएको काँग्रेसको आरोप छ । 

प्रहरीले मेयरको निर्देशनमा गोली हानी साहको हत्या गरेको कांग्रेसले आरोप लगाएको छ ।

congress

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप