कहिले बन्छ सात तले दरबार ?

- मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
नुवाकोट । वि.सं १८१९ मा पृथ्वी नारायण शाहले ललितपुरबाट कालिगड झिकाएर बनाउन लगाइएको नौ तले दरबार वि.सं १९९० को भूकम्पले गर्दा भत्किएपछि सात तलामा सीमित बनेको थियो । अहिले यो दरबार सात तले दरबार भनेर चिनिन्छ ।
वि.सं २०७२ मा गएको विनाशकारी भूकम्पले सात तले दरबार भत्किएर खण्डहर बनेको थियो । भूकम्प गएको केही महिनापछि नै नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माण चीनले गर्ने सार्वजनिक भएको थियो । तर भूकम्प गएको नौ वर्ष भइसक्दा पनि अझै टेकोको भरमा छ नुवाकोट दरबार ।
नुवाकोटका प्रमुख पुरातात्त्विक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको पुनर्निर्माणले गति लिन नसक्दा अस्तित्व नै समाप्त हुने हो कि भयले स्थानीयहरू निकै चिन्तित छन् । भूकम्पले नुवाकोट दरबार क्षेत्रको मुख्य आकर्षण मानिएको सात तले दरबारलाई चिराचिरा बनाएर चर्काएको छ भने रंगमहल, गारद घर, भैरवी मन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिर लगायतको सम्पदाहरू भत्काएको थियो ।
नुवाकोट दरबार परिसरमा धार्मिक हिसाबले महत्त्वपूर्ण मानिने भैरवी र तलेजु मन्दिर छन् । मनोरम प्राकृतिक छटाहरूले भरिपूर्ण यो जिल्ला प्राचीन सम्पदाको पनि अवलोकन गर्न पाइन्छ । नुवाकोट दरबारबाट देखि १० मिनेटको यात्रा पश्चात् पुग्न सकिन्छ, महामण्डल क्षेत्र । ऐतिहासिक तथा धार्मिक हिसाबले मण्डला क्षेत्र पनि उत्तिकै महत्त्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डुबेर दुई बालकको मृत्यु
-
नेपाली राजनीतिमा देउवाको मौनता, ओलीको समृद्धि र प्रचण्डको गणित
-
पोर्चुगलमा नेपाली दूतावास स्थापना
-
विभिन्न स्थानबाट लागु औषधसहित १२ जना पक्राउ
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
सेन्सर पास भएसँगै ‘सक्किगोनि टीम’को ‘लाज शरणम्’ बुधबार नै रिलिज हुने