ललितपुरको प्रजिअमा तुल्सीबहादुर श्रेष्ठको सरुवा
शुक्रबार, २० पुस २०८०, १९ : ५६

काठमाडौँ । ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुल्सी बहादुर श्रेष्ठ सरुवा भएका छन् । गृह मन्त्रालयमा कार्यरत सह–सचिव श्रेष्ठलाई उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरमा सरुवा गरेका हुन् ।
बालकुमारी घटनापछि त्यहाँ कार्यरत प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित मन्त्रालयमा तानिएका थिए । पण्डितको स्थानमा श्रेष्ठलाई सरुवा गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।